चार हात-चार खुट्टा भएको शिशुको मृत्यु

धनगढी, असार १९ । कैलालीको टीकापुरस्थित टीकापुर अस्पतालमा जन्मिएको अनौठो शिशुको मृत्यु भएको छ ।

मंगलबार बिहानै जानकी गाउँपालिका-३ लायकपुर  बस्ने २२ वर्षिया सीता चौधरीले जन्माएको उक्त शिशु एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा भएको थियो ।

जन्मिँदा ज्युँदै रहेको उक्त शिशुको ११ बजेतिर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नरेन्द्रकुमार खनालले बताए ।

गएराति बेथा लागेपछि सीतालाई अस्पताल ल्याइएको थियो । “उहाँको गर्भावस्थामै यस्तो अनौठो बच्चा रहेको पत्ता लागेको थियो” डा खनालले भने, “तर बच्चा बाँचेन ।”

शिशुको मृत्यु भए पनि आमाको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

रासस

 

कमेन्ट गर्नुहोस्