कतारमा १७ नेपालीलाई आममाफी !

कतार, असार १९ । कतारका विभिन्न जेलमा बन्दी जीवन विताइरहेका १७ नेपालीलाई आममाफी दिइएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको अवसरमा कतारस्थित कारागारमा बन्दी जीवन बिताइरहेका नेपाली कैदी बन्दीहरुलाई आममाफी दिइएको नेपाली दूतावासले जनाएको छ ।

नेपाली दूतावास, दोहाले कतार सरकार समक्ष गरेको अनुरोध बमोजिम निजहरुको चालचलन तथा कैद भुक्तानीको आधारमा कतारका अमिरबाट रमदानको अवसरमा १७ नेपाली कैदीलाई आममाफीसहित रिहाइ गरिएको दुतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

साथै २९ जना कैद भुक्तानीको क्रममा रहेको पनि दूतावासले जनाइएको छ ।

कमेन्ट गर्नुहोस्