राज्यमन्त्री चौधरीको गृह जिल्ला खुल्ला दिशामुक्त

सुनसरी, असार १९ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सुनसरीलाई खुला दिशामुक्त जिल्ला घोषणा गरेकी छिन ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (D-WASH -CC) सुनसरीद्वारा आयोजित कार्यक्रममा सुनसरीलाई खुला दिशामुक्त जिल्ला घोषणा गरेकी हुन ।

‘सुनसरी जिल्लाबाट खुला दिशालाई बिदाबारीः पूर्ण सरसफाइको यात्रा जारी’ मुल नाराका साथ आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै अब हामी सबै जना चर्पी अनिवार्य प्रयोग गर्छौ ।

खुला दिशा पिसाव गर्दा बर्सेनी कैंयौको झाडापखलाबाट ज्यान समेत गएको र अब देखि हामी सचेत भैइसकेकाले चर्पी प्रयोग गर्छौ। रोग बाट आफु बच्ने अरुलाइ बच्चाउने अभियानमा हामी सबै लाग्छौ राज्यमन्त्री चौधरीले भनिन ।

यस अघि नै सुनसरीका १२ वटै स्थानीय तह खुला दिशामुक्त घोषणा भर्इ सकेको छ । आफू, आफ्ना परिवार र आफ्नो समाजलाई सचेत गराउदै सफा पानी पिउने सल्लाह पनि दिइन ।

भूमिमा देखिएको समस्या हल गर्न भुमि निति बनिरहेको बताउनु भयो ।अब देखी कुनै बहना वा कारण देखाएर हामी जमिन बाझो नराखौ । यस्ले हाम्रो देशको उत्पादनमा ह्रास ल्याउछ ।

यो सम्बन्धी मन्त्रालयले कडा कानुन बनाइ रहेको मन्त्री चौधरीले बताइन ।मोहियानी समस्या समाधान गर्न मन्त्रालयले इकाई गठन गरि सबै जिल्लाको माध्यम बाट निवेदन लिइरहेको र मोहि समस्या बाट पीडितहरुले निवेदन दर्ता गर्नु पर्ने बताइन् ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सिताराम मेहता ,१ नं प्रदेश बन मन्त्री जगदीश कुसयेत ,१ नं प्रदेशको प्रतिपक्ष दलका नेता राजिव कोइराला ,जिल्ला प्रशासन कार्यलय प्रमुख प्रेमप्रसाद उप्रेती र खानेपानी बिभागका उपमहानिर्देशक समेतले शुभकामना मन्तव दिएका थिए ।

कार्यक्रममा स्थानीय तहका मेयर, अध्यक्षको पनि उपस्थित थियो । अभियानमा सफल पार्न सहयोग गर्ने संघ, संस्थाका प्रतिनिधिहरुलाई कदर पत्रले सम्मान समेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्