स्वीडेन र स्वीट्जरल्याण्डबीचको खेल पहिलो हाफ बराबरी

काठमाडौं, असार १९ । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज नकआउट चरणको अन्तिम दुई खेल हुँदै छन् । पहिलो खेलमा अहिले स्वीडेन र स्वीट्जरल्याण्डबीचको खेल जारी छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टीमले गोलका लागि राम्रा मुभ बनाएपनि गोल गर्न नसक्दा खेलको पहिलो हाफ बराबरीमा सकिएको छ ।

यी दुई टिमबीचको खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समय अनुसार राती पौने ८ बजे शुरु भएको हो ।

स्वीडेनले तीग चरणको पहिलो खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा जर्मनीसँग २–१ ले हार व्योहोरेको थियो । स्वीडेनले तेस्रो खेलमा मेक्सिकोमाथि ३–० को शानदार जित निकालेको थियो ।

यता, स्वीट्जरल्याण्ड भने पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरीमा रोकिएको थियो । उसले दोस्रो खेलमा सर्बियालाई २–१ ले हराएको थियो । तेस्रो खेलमा भने कोस्टारिकासँग २–२ को बराबरीमा रोकिएको थियो ।

कमेन्ट गर्नुहोस्