नेकपाको बैठक बस्दै

काठमाडौं, असार २० । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज विहान बस्दै छ । एकीकरणपछि पार्टीको तेस्रो सचिवालय बैठक आज बस्न लागेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। भातृ संगठनको एकीकरण, बिधानको निर्माण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।

कमेन्ट गर्नुहोस्