नेइमारले मुख खोले,-‘नाटक गरेको थिइन, साँच्चीकै दुख्या थ्यो’

ब्राजिलका स्टार नेइमारले आफूमाथि लागेको आरोपको कडा खण्डन गरेका छन् । नेइमारले भनेका छन्,‘त्यो बेला पलाई असाध्यै पिडा भएको थियो, मैले आफ्नो पिडा नियन्त्रण गर्न सकिन ।’ उनले अघि भने, ‘ममाथि अस्वभाविक रुपमा आरोप लगाइयो ।’ रुसमा जारी विश्वकपमा नेइमार विपक्षी खेलाडीसँगको सामान्य ट्याकलको क्रममा पनि निकै ठूलो चोट लागे जसरी लड्ने गरेको र सानो कुराको ठूलो प्रतिक्रिया देखाउने गरेको भन्ने आरोप छ ।

सामाजिक सञ्जालमा त नेइमारको यो व्यवहारलाई नाटकको संज्ञा दिँदै मजाक उडाइएको छ । तर नेइमारले भने साँच्चीकै दुखाइ भएको बताएका छन् । त्यो खेलमा २६ वर्षका नेइमारको गोलीगाँठोमा मेक्सिकोका मिगुएल लायुनले सुस्तरी छोएको जस्तो देखिएको थियो । तर नेइमारले त्यसमा ठूलै कुरा भएको जस्तो गरी मैदानमा लडे । सबैको ध्यान आफू तिर ताने ।

उनको यो व्यवहारको मेक्सिकोका प्रशिक्षकले आलोचना गरेका थिए । मेक्सिकोका प्रशिक्षक आन कार्लोस ओसोरिओले भनेका थिए, ‘नेइमारको अभिनय फुटबलका लागि राम्रो उदहारण होइन ।’ मेक्सिकोले खेल अघि धेरै बोलेको र अहिले पराजित भएर घर जानु परेकाले आरोप लगाएको नेइमारको भनाई छ । मेक्सिकोसँगको खेलमा नेइमारले एक गोल गरे भने अर्को गोलका लागि पास मिलाए । ब्राजिलले अब जापानलाई ३-२ ले हराएर आएको बेल्जियमसँग अन्तिम ८ मा आउँदो सोमबार प्रतिस्पर्धा गर्नेछ । -एजेन्सी

 

कमेन्ट गर्नुहोस्