जिप दुर्घटनामा दुई जनाको मृत्यु

रसुवामा, असार २० । जिल्लाको आमाछोदिङ्ग गाउँपालिका-५ मा जिप दुर्घटना भएको छ । राति १० बजे बा १७ च ५३४५ जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ ।

दुर्घटना मृत्यु हुनेमा मोरङ्गका ४५ वर्षे शिवगञ्ज राजवंशी र दाङ्गका २४ वर्षका विकास घर्तीमगर रहेका छन्। यस्तै, दुर्घटनामा गौतम अर्याल र जीवन राई घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्