खेल हारेर पनि मन जित्ने जापानी काइदा  

मस्को। विश्वकप फुटबलमा जापानले नाक-आउट चरणमा हार व्यहोरेसँगै जापान बाहिरियो र उसको बहिर्गमनसँगै यस प्रतियोगितामा एसियाली दाबेदारी पनि समाप्त भयो।

दक्षिण पश्चिम रुसको रोस्तोभ एरेनामा २ जुलाईमा भएको खेलमा जापानले २-३ ले हार व्यहोऱ्यो। खेलमा पहिला दुई गोल जापानले नै गरेको थियो। तर बेल्जियम एक पछि अर्को गरेर तीन गोल गर्दै खेल जित्न सफल भयो।

जापानले सुरुमै गोल गर्न त भ्यायो तर त्यो अग्रतालाई जोगाउन भने सकेन। यसरि जितिसकेको खेल हर्दा दुःखी हुनु त स्वाभाविक नै हो तर जापानी टीमले आफ्नो ‘ड्रेसिङ रूम’ यस्तो काम गररे जसले यो टीम सबैको मन जित्न सफल भयो।

खेल हारिसकेपछि उनीहरू पनि अरु तीम्हारू जस्तै ‘ड्रेसिङ रूम’मा फर्किए, त्यसपछि उनीहरूले आफूले प्रयोग गरेको कोठा राम्ररी सफा गरे र कोठा छोड्नु अगाडि त्यहाँ रहेको टेबुलमा ‘धन्यवाद रुस’ भन्ने संदेश लेखेर विदा भए।

यस्तो भद्रता जापानी टीमले मात्र प्रदर्शित गरेन बरु स्टेडियममा उपस्थित तिनका समर्थकहरूले समेत स्टेडियममा आफूले गरेको सम्पूर्ण फोहोर आफैँले व्यवस्थापन गरे। जापानीहरूको यस्तो अनुशासित व्यवहारले रुसमा सबैको मन जितेको छ।

बिबिसी

कमेन्ट गर्नुहोस्