माइतीघरमा नेविसंघको प्रदर्शन

काठमाडौं, असार २० । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा अावद्ध विद्यार्थीले राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ । माइतघरलाई सरकारले प्रदर्शन निषेधित क्षेत्र घोषणा गरेपनि नेविसंघले भने बुधबार प्रदर्शन गरेको हो ।

उनीहरुले सरकार विरुद्ध नाराबाजी गर्दै माइतीघर मण्डला परिक्रमा गरेका छन् । प्रदर्शनलाई लक्षित गरी ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । प्रदर्शनकारीले ‘निषेधित क्षेत्र खारेज गर’, ‘गोविन्द केसी र गंगामाया अधिकारी’को माग पूरा गर लगायतको नारा लगाएका छन् ।

याे पनि पढ्नुस  माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णयको विवेकशील साझाद्वारा ध्यानाकर्षण

प्रदर्शनमा नेविसंघका पूर्वअध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल पनि सहभागी थिए । सरकारले काठमाडौंको माइतीघरलगायत सार्वजनिक स्थलमा सभा र प्रदर्शन गर्न निषेध गर्दै त्यसका लागि निश्चित ७ ठाउँ तोकेको छ ।

सरकारी निर्णयको विरोधमा यसअघि विवेकशील साझा पार्टी नेपाल र डा गोविन्द केसीले विरोध प्रदर्शन गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्