ठूलो परिमाणमा लागू औषधसहित तीन जना पक्राउ

काठमाडौं, असार २०। महानगरीय प्रहरी परिसर, ललितपुरले ठूलो मात्रामा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं बानेश्वरका ३१ वर्षीय अन्दिप महर्जन, कालोपुलका ३२ वर्षीय सुदिप बस्नेत र मकवानपुरको पालुङ्ग घर भइ ललितपुर धोबिघाट बस्दै आएका ४० वर्षीय सोम गोलेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनीहरुलाई अवैध लागुऔषध फेनारगन एम्पल २३६ थान, डाईजापाम एम्पल १८७ थान, नुर्फिन १७७ थान गरी जम्मा ६०० थान एम्पलहरुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्