धान,गहुँ र उखुको समर्थन मुल्य छिट्टै निर्धारण गर्छौ : राज्यमन्त्री चौधरी

सुनसरी, असार २० । कृषि, भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री राम कुमारी चौधरीले धान,गहुँ र उखुको समर्थन मुल्य निर्धारण गर्ने बताइन ।

प्रगतिशील अपांग सहयोग नेपाल सुनसरीको आयोजनामा आयोजित कार्यक्रम उदघाटन संबोधनमा उक्त कुरा बताइन । मुल्य निर्धारणको लागी उधोग,बाणिज्य तथा आपुर्ति मन्त्रालय सङ्ग छ्लफल भइरहेको बताइन ।

अपांगता भएको व्यक्तिहरुको अधिकार संरक्षणका लागि अपांग मैत्री संरचना निर्माणमा हाम्रो प्रतिबद्धता मुल नाराका साथ अभिमुखिकरण कार्यक्रममा अपांगहरुको लागि राज्य मन्त्री चौधरीले अपांग मैत्री सार्वजनिक भवन, सरकारी भवन,शिक्षालय क्षेत्र, अस्पताल अति आवश्यक भवनहरु निर्माण गर्न सरकार सङ्ग पहल गर्ने बताइन ।

अहिलेको सरकार जन अपेक्षित अनुसार बनेकोले जनपक्षीय काम गर्न प्रतिबद्ध रहेको पनि बताइन ।

मन्त्री चौधरीले प्रतिबद्धता स्वरुप हस्ताक्षर गरेर उदघाटन गरेकी थिइन ।उक्त संस्था अपांगहरुलाइ सहयोग गर्ने सामाजिक काममा सक्रिय रहदै आएको संस्थाका अध्यक्ष ओमकार दाहालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्