डा. केसीको इमरजेन्सी कक्षमा उपचार हुँदै

जुम्ला, असार २१ । जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल पुर्‍याइएको छ । अनसनस्थलमै उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले एम्बुलेन्स मार्फत अस्पताल पुर्‍याए ।

प्रतिस्ष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाका अनुसार डा. केसीको एक्कासी मृगौलामा समस्या आएपछि अस्पताल ल्याएको हो । केसीको स्वास्थ्यमा समस्या भएपछि जीवन रक्षार्थ चिकित्सकहरुले अस्पताल पुर्‍याएको प्रतिष्ठान प्रमूख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । अहिले उनको इमरजेन्सी कक्षमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्