छाउगोठमै किशोरी सामूहिक बलात्कृत

सुर्खेत । छाउगोठमा सुतिरहेकी एक किशोरीको सामूहिक बलात्कार भएको छ । महिनावरी भएर घरभन्दा टाढा रहेकी सुर्खेत बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।

ती किशोरीलाई तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति १२ बजेतिर चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जनाएको छ । तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार महिनाबारी भएका दुई किशोरी घरदेखि टाढाको छाउगोठमा सँगै सुतिरहेका थिए । तीमध्ये एकलाई राति १२ बजे छाउगोठबाट बाहिर निकालेर अर्कीमाथि बलात्कार भएको थियो । नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्