म्याराडोना अर्जेन्टिनाको निशुल्क कोच बन्ने !

रुसमा जारी विश्वकप फुटबलमा खराब प्रदर्शन गरेपछि टिम कोच जर्ज साम्पाओलीलाई राजीनामाको दबाब आएको छ । उनको राजनीमा दबाबबीच कोचको पद डिएगो म्याराडोनाले सम्हाल्ने चाँसो देखाएका छन् ।

१९८६ को विश्वकप विजेता म्याराडोनाले अर्जेन्टिनाको कोच हुन आफूलाई एक पैसा पनि नचाहेको उल्लेख गरेका छन् । आफनो टीभी कार्यक्रम ‘ह्यान्ड अफ गड’ मा ५७ वर्षीय खेलाडीले बताए कि उनी राष्ट्रिय टोलीका लागि कोच बन्न तयार छन् । म्याराडोनाले २००८ देखि २०१० बीच दुई वर्ष अर्जेन्टिनाको कोच बनेका थिए ।

याे पनि पढ्नुस  चीनले म्याराडोनालाई लाखौं डलरमा किन्ने

उनले भेनेजुएलाको एक टीभी च्यानलमा प्रसारित हुने आफनो कार्यक्रममा बताए-म राष्ट्रिय टोलीको नेतृत्व गर्नका लागि फर्कनेछु र म निशुल्क काम गर्छु । यसको बदलामा मलाई केही चाहिँदैन । -एजेन्सी

कमेन्ट गर्नुहोस्