विश्वकप फुटवलः बाजी खेल्ने १० हजार नागरिक पक्राउ !

रुसमा जारी विश्वकका विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा थाइल्याण्डमा हजारौं नागरिक पक्राउ परेका छन् । ठूलो रकम खेलमा बाजी लगाएको भन्दै १० हजार थाइ नागरिक पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधबार सार्वजनिक गरिएको हो । एक उच्च प्रहरी अधिकारीले सन् २०१४ मा भएको विश्वकप फुटबलका बेलाको भन्दा अहिले पक्राउ पर्नेहरूको संख्या दोब्बर भएको बताए ।

प्रहरीले यसलाई एक प्रकारको जुवाको रूपमा लिएर बाजी खेल्न प्रतिबन्ध लगाउने गरेको भए पनि खेल्नेक्रम भने रोकिएको छैन । बाजी खेल्दा जुवामा जस्तो ठूलो रकम हारजीत हुने भएकाले सामाजिक तथा पारिवारिक अवस्थामा समेत असर पर्ने गरेको छ । पक्राउ पर्नेमा बाजी खेलाउनेहरू पनि परेका छन् । उनीहरूले यसलाई व्यवसायकै रूपमा सञ्चालन गरेको पनि पाइएको प्रहरीको भनाई छ । -एजेन्सी

कमेन्ट गर्नुहोस्