अमेरिकामा लुटेराद्धारा नेपाली युवकको हत्या

अमेरिका ।  लुटेराको आक्रमणमा परी अमेरिकामा एक नेपाली युवकको ज्यान गएको छ । भर्जिनीया राज्यको हरन्जन शहरमा लुटेराको आक्रमणमा ४० वर्षीय रेशम बजगाईंको ज्यान गएको हो ।

अमेरिकाको स्वतन्त्रता दिवसको दिन बजगाईंमाथि आक्रमण भएको स्थानीय प्रहरीलार्इ उदृत गर्दै एबिसी सेभेन अनलाइनले जनाएको छ । प्रहरीका अनुसार सम्भवत लुट्ने क्रममा लुटेराले बजगाईंको टाउकोमा आक्रमण गरेका थिए । बजगाईं सुनोको ग्यास स्टेशनमा कार्यरत थिए। धादिङ निवासी बजगाईं गएको सेप्टेम्वरमा मात्र अमेरिका पुगेका थिए । -एजेन्सी

कमेन्ट गर्नुहोस्