धादिङ केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प

काठमाडौँ, असार २१ । धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भई आज पुनः गोरखामा भूकम्पको परकम्प गएको छ । बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि असार १४ गते धादिङको सुनौलोबजार केन्द्रबिन्दु भई ५ रेक्टरको परकम्प गएको थियो ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार गोरखा भूकम्पयता हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०० परकम्प गइसकेका छन् । -रासस

कमेन्ट गर्नुहोस्