माइतीघर मण्डलाबाट १२ पक्राउ

काठमाडौं, असार २१ । चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा अनशन बसेका डा. गोविन्द केसी र गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रदर्शन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । डा केसी एलायन्सले बिहीबार मण्डलामा प्रर्दशन गरेको थियो । पक्राउ परेका मध्ये ६ जना छुटेका छन् भने ६ जना प्रहरी नियन्त्रणमा नै छन् । उनीहरुलाई महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा राखिएको छ ।

याे पनि पढ्नुस  सवारी चालक अनुमतिपत्र नदिएपछि बहिरा नागरिक अान्दोलित

प्रहरीले इन्द्रप्रसाद अर्याल, चरण प्रसाई, महमणिक आचार्य, लोकराज अवस्थी, विश्व दुलाल, जयराम दाहाल, सागर अधिकारी, मनोज अधिकारी, डा. सुरेन्द्र भण्डारी, डा. उदय प्याकुरेल, मोहन ज्ञवाली र लोकेन्द्र पोखरेलाई पक्राउ गरेको हो ।

अनसनरत केसी र अधिकारीको जीवन रक्षा गर्न र सरकारले प्रदर्शन गर्न नपाउने भनी माइतीघरलाई निषेधित क्षेत्र तोकेको निर्णय खारेज गर्नुपर्ने प्रदर्शनकारीले माग गरेका थिए ।

याे पनि पढ्नुस  माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णयको विवेकशील साझाद्वारा ध्यानाकर्षण

जम्लामा गएको पाँच दिनदेखि अनसनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि बुधबार प्रहरी हिरासतबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको इमेरजेन्सी कक्षमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्