९२ वर्षीय आमाले ७२ वर्षीय छोराको यस कारण गरिन् हत्या

वासिङ्गटन। बुढेसकालमा वृद्धाश्रम पठाउन खोजेपछि आमाले गोली हानेर छोराको हत्या गरिदिएकी छिन् ।

घट्ना अमेरिकाको म्यारिकोपा काउन्टी अन्तर्गत फाउन्टेन हिल्स को हो। प्रहरीका अनुसार ९२ वर्षीय एना मे ब्लेसिङले आफ्ना ७२ वर्षीय छोराको हत्या गरेकी हुन्।

स्रोतहरूका अनुसार छोराले एनालाई जबर्जस्ती वृद्धाश्रम पठाउन चाहेपछि उनले सो कदम चालेकी हुन्।

“तिमीले मेरो जिन्दगी सिध्यायौ, मा तिम्रो सिध्याउँदै छु।” घट्नापछि एना ब्लेसिङले यस्तो भनेको बुझिएको छ।

एना आफ्नो छोरा र तिनकी गर्लफ्रेण्डसँग बस्दै आएकी थिइन्। उनले प्रहरीलाई दिएको बयान अनुसार छोरालाई गोली हानिसकेपछि आफूलाई समेत सिध्याउन खोजेको बताएकी थिइन्।

मृत छोराको नाम प्रहरीले सार्वजनिक गरेको छैन। उनले आफ्नी आमालाई घर छोडेर वृद्धाश्रम जाँ दबाब दिँदै आइरहेको बुझिएको छ।

छोरालाई मारिसकेपछि एनाले उनकी ५७ वर्षीय गर्लफ्रेण्डतिर पेस्तोल तानेकी थिइन् तर उनी भने भागेर आफ्नो ज्यान बचाउन सफल भएकी थिइन्।

बिबिसी

कमेन्ट गर्नुहोस्