राष्ट्रपति ट्रम्प र पुटिन फिनल्याण्डमा भेट्ने

मस्को, असार २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ ।

उहाँहरुबीचको वार्ता यही जुलाई १६ मा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीले बताएका छन् ।

लामो समयदेखि प्रतिक्षा गरिएको उहाँहरूको शिखर वार्ताको बारेमा रूसी प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा जनाइएको छ ।

याे पनि पढ्नुस  अफगानिस्तानबाट सेना फिर्ता हतार हुनसक्छ– राष्ट्रपति ट्रम्प

राष्ट्रपति ट्रम्प र पुटिनसँगको परामर्शबाट उहाँहरूको शिखर वार्ताको बारेमा सहमति गरी निर्णय भएको उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्यादिमिर पुटिन जुलाई १६ मा हेल्सिन्कीमा भेटवार्ता गर्न लाग्नुभएको क्रेमलिनले जानकारी दिएको हो ।

कमेन्ट गर्नुहोस्