मस्टर एण्ड मिस पूर्वी चितवनको उपाधि जेसिसा र निश्चललार्य

रत्ननगर, असार २१ । मिस्टर एण्ड मिस पूर्वी चितवन २०१८ को उपाधि जेसिसा कुमाल र निश्चल अधिकारीले हात पारेका छन् ।

सर्च एजुकेशन नेपालको प्रस्तुती तथा नेपाल आइस बियरको प्रायोजनमा आयोजित मिस्टर एण्ड मिस पूर्वी चितवन २०१८ मा महिलातर्पm जेसिसा कुमाल र पुरुषतर्पm निश्चल अधिकारीले अवार्ड हात पारेका हुन ।

त्यस्तै रोशनी उप्रेतीले फस्टरनरअफसँगै मिस पर्सनालिटी अवार्ड हात पार्दा लबकुश थापा मगरले पुरुष तर्पmको फस्ट रनरअफको उपाधि जिते ।

एक महिना लामो तयारी र तालिमपछि असार १८ गते सौराहस्थित होटल सेभेन स्टारमा आयोजित उक्त कार्यक्रममा महिलातर्पm १६ जना र पुरुषतर्पm ९ जना मोडलहरु ¥याम्पमा उत्रिएका आयोजक मिलन लामाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्