मन्त्रिपरिषद बैठकको निर्णयः सशस्त्र प्रहरीका ५ एआइजीले बुझाए राजीनामा

काठमाडौं, असार २१ । सशस्त्र प्रहरी बलका पाँच जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) ले बिहीबार राजीनामा बुझाएका छन् ।

एआइजी जानकीराज भट्टराई, निराकारविक्रम शाह, सुबोधकुमार अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठले सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाललाई राजीनामा बुझाएका हुन् ।

देउवा सरकारले जादाँजादै प्रदेशहरुमा खटाउने गरी एआइजीको विशेष पद सिर्जना गरी बढुवा गरेको थियो । तर, त्यसको कार्यान्वयन हुन नपाउदै देउवा सरकार गयाे र करीब दुर्इ तिहाइ बहुमतको वाम नेतृत्वको सरकार  बनेको थियो । जसले गर्दा सो निर्णय कार्यान्वयन हुन सकेन र उनीहरु भूमिकाविहिन बनेका थिए ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आचारसंहिताका बेला देउवा सरकारले गरेको सम्पूर्ण निर्णय बदर गर्ने निर्णय गरेसँगै उनीहरुले पनि राजीनामा दिएको जानकारहरु बताउछन् ।

कमेन्ट गर्नुहोस्