मन्त्रिपरिषद बैठकको निर्णयः सशस्त्र प्रहरीका ५ एआइजीले बुझाए राजीनामा

काठमाडौं, असार २१ । सशस्त्र प्रहरी बलका पाँच जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) ले बिहीबार राजीनामा बुझाएका छन् ।

एआइजी जानकीराज भट्टराई, निराकारविक्रम शाह, सुबोधकुमार अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठले सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाललाई राजीनामा बुझाएका हुन् ।

याे पनि पढ्नुस  सशस्त्रमा ३२९७ का लागि जागिर खुल्यो (सूचनासहित)

देउवा सरकारले जादाँजादै प्रदेशहरुमा खटाउने गरी एआइजीको विशेष पद सिर्जना गरी बढुवा गरेको थियो । तर, त्यसको कार्यान्वयन हुन नपाउदै देउवा सरकार गयाे र करीब दुर्इ तिहाइ बहुमतको वाम नेतृत्वको सरकार  बनेको थियो । जसले गर्दा सो निर्णय कार्यान्वयन हुन सकेन र उनीहरु भूमिकाविहिन बनेका थिए ।

याे पनि पढ्नुस  भीआईपीलाई सशस्त्रको लर्कोः कसको सुरक्षामा कति सशस्त्र?

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आचारसंहिताका बेला देउवा सरकारले गरेको सम्पूर्ण निर्णय बदर गर्ने निर्णय गरेसँगै उनीहरुले पनि राजीनामा दिएको जानकारहरु बताउछन् ।

कमेन्ट गर्नुहोस्