नेकपाको स्थायी समिति बैठक जारी, यी विषयमा छलफल हुँदै

काठमाडौं, असार २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक जारी छ । लामो समयपछि नेकपा स्थायीको स्थायी समिति बैठक बसेको हो ।

बैठकमा पार्टीको प्रस्तावित नियमावली, प्रधानमन्त्रीको चीन भ्रमण, सरकारका कामकारबाही र समसामयिक राजनीतिका बारेमा छलफल भइरहेको उच्चस्रोतले जनाएको छ ।

यसअघि बिहीबार अपरान्ह ३ बजे बैकठ बस्ने भने पनि ढिलो गरी बैठक शुरुभएको हो । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले विधि विषयमा रिपोटिङ गर्ने बताइएको छ ।

बुधबार राती बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गएको भदौं १४ गतेपछि गरेका सबै नियुक्तीलगायतका निर्णय बदर गर्ने निर्णय गरेको थियो । यो निर्णयका कारण प्रमुख विपक्षी दल कांग्रेस त चिढिएको छ । साथै ठूलो हलचल पनि मचिएको छ । बैठकमा यसबारेमा पनि छलफल हुने बताइएको छ ।

‘भोलि दिउँसो ३ बजे बस्ने स्थायी समिति बैठक बस्ने । बैठकमा दुबै अध्यक्षले विशेष गरी प्रधानमन्त्रीको चीन भ्रमण, समसामयिक राजनीति, सरकारका काम कारबाहीका बारेमा रिपोटिङ गर्ने ।’ नेकपाको प्रवक्ताले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘पार्टीको प्रस्तावित नियमावलीबारेमा बैठकमा छलफल हुने छ । र स्थायी समितिबाट सुझाब लिने । भोलिको स्थायी समिति बैठकका लागि यी दुई एजेण्डा तय भए ।’

लामो समयपछि नेकपाको सचिवालयको बैठक बुधबार बसेको हो । यसअघि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र अध्यक्ष प्रचण्ड जीवन संगिनी सीता दाहालको उपचारका लागि सिंगापुर गएका ले बैठक बस्न सकेको थिएन ।

लामो समय पार्टीको स्था

कमेन्ट गर्नुहोस्