मलेसियामा २ सय नेपाली पक्राउ

काठमाडौं, असार २२ । मलेसियामा २ सय नेपाली पक्राउ परेका छन् । बिनादर्ता बसेको भन्दै २ सय नेपाली पक्राउ परेका हुन् । मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ ।

स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो । ओपी मेगा ३ नाम गरिएको विदेशी नागरिक पक्राउ अभियानमा हालसम्म ६ हजार ६ सय ७८ जना विदेशी पक्राउ गरिसकेको छन् । कारोबा दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्