गुफामा फसेको फुटबल टोलीका सक्रिय उद्धारकर्ताको मृत्यु

थाइल्याण्डको चियाङ राइको गुफामा फसेका किशोरहरू र प्रशिक्षकको उद्धारकर्ता मध्ये एकको मृत्यु भएको छ । गुफामा फसेको फुटबल टोलाई राहत सामग्री दिएर फर्किने बेला उद्धारमा खटिएका थाइ नौसेनाका पूर्व गोताखोर समन गुनानको मृत्यु भएको हो । उनको गुफाबाट बाहिर निस्कीने क्रममा मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

गुनान गुफा भित्र फसेका व्यक्तिलाई सामान पुर्‍याएर फर्किनेक्रममा बेहोस भएको र त्यसपछि उनलाई बचाउन नसकिएको बताइएको छ। उनी ३८ वर्षका थिए। उनको स्थानीय समय अनुसार राति २ बजे निधन भएको बताइएको छ।

गुनान एकदमै राम्रो धावक र साइकल चालक भएको बताइएको छ। उनी करिब दुई साताअघि थालिएको उद्धार अभियानका सक्रिय सदस्य थिए। किशोरहरू र उनीहरूका प्रशिक्षकको उद्धार प्रयासमा नौसेनाका गोताखोर, सैनिक र गैरसैनिक व्यक्तिहरूसहित करिब एक हजार जना खटिइरहेका छन्। -बीबीसी

कमेन्ट गर्नुहोस्