साउदीमा करेन्ट लागेर नेपालीको मृत्यु

साउदीको एक कम्पनीमा काम गर्दागर्दै विद्युतीय करेन्टमा परेर रोल्पाका एक युवाको ज्यान गएको छ । जिल्लाको परिवर्तन गाउँपालिका-१, कुरेलीका २३ वर्षीय युवा रामचन्द्र पुनको गत असार १८ गते करेन्टमा परेर ज्यान गएको हो ।

आव ०७२ ०७३ मा वैदेशिक रोजगारीमा गएका ६ हजार ८५७ रोल्पालीमध्ये २२ जनाले खाडी मुलुकमा ज्यान गुमाएका थिए। यसैगरी, आव ०७३-०७४ मा खाडी गएका ४ हजार २३६ मध्ये १९ जनाको मृत्यु भएको थियो। चालू आवमा समेत मृत्यु ठूलो संख्याका रोल्पाली युवाले विदेशी भूमिमा काम गर्दागर्दै ज्यान गुमाएको बताइएको छ।

यसरी विदेश जान बाध्य रोल्पालीमध्ये अधिकांशले अदक्ष श्रमिकको रुपमा जोखिमपूर्ण काम गर्दै आएका छन्। जोखिमपूर्ण कामकै सिलसिलामा हरेक वर्ष ठूलो संख्याका रोल्पालीको मृत्यु, घाइते र अंगभंग भएर स्वदेश फर्किने गरेका छन्। यसरी विदेशिनेमध्ये अधिकांश १८ वर्षदेखि ३० वर्ष उमेर समूहका युवा रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जानकारी दिएको छ। -रासस

कमेन्ट गर्नुहोस्