उरुग्वे र फ्रान्स भिड्दै, कुन टिम अगाडि बढ्ला ? यस्तो छ विगत

रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल करीब अन्तिम चरणमा पुगेको छ । आजबाट अन्तिम ८ का खेल अर्थात क्वाटरफाइनलका खेल शुरु हुँदैछन् ।

क्वाटरफाइनल अन्तर्गत आज राति पौने ८ बजे उरुग्वे र फ्रान्सबीच खेल हुने छ । भने आजै राती पौने १२ बजे हुने अर्को खेलमा पाँचौ पटकको विश्व विजेता ब्राजिल र बेल्जियम आम्नेसाम्ने हुने छन् ।

समूह चरणमा गोल नखाएर शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा पुगेको उरुग्वे जारी विश्वकपमा सशक्त टोली हो । उसले प्रिक्वाटरफाइनलमा पोर्चुगललाई २–१ ले पराजित गरेको थियो ।

दुई पटकको विजेता उरुग्वे यस पटक पनि उपाधिको दाबेदार देखिएको छ । उसको अट्याक र डिफेन्स चुस्त छ ।

तर फ्रान्सविरुद्ध उरुग्वेका स्टार खेलाडी कप्तान एडिन्सन काभानी मैदानमा उत्रिन्छ कि बाहिरै हुनेछन त्यो निश्चित छैन । उनी पोर्चुगलसँगको खेलमा घाइते भएका थिए ।

अन्तिम १६ को खेलमा लियोनल मेसीको अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दै क्वार्टरफाइन पुगेको हो फ्रान्स । फ्रान्स समूह चरणमा एक बराबरी र दुईमा जीत निकाल्दै अन्तिम १६ मा पुगेको थियो ।

विश्वकपमा यसअघि तीन पटक उरुग्वे र फ्रान्सबीच खेल भएको थियो । पहिलो पटक सन १९६६ मा उनीबीच खेल भएको थियो । जसमा फ्रान्स विजयी भएको थियो । भने सन २००२ र २०१० मा भएका दुबै खेल बराबरीमा सकिएकोथियो ।

उरुग्वे सन १९३० को पहिलो विश्वकपको विजेता हो । उसले दोस्रो पटक सन १९५० मा उपाधि उचालेको थियो ।

साथै फ्रान्सले सन १९९८ मा जिनादेन जिदानको नेतृत्वमा पहिलो पटक विश्वकम उपाधि जितेको थियो ।

कमेन्ट गर्नुहोस्