अमेरिकी विदेशमन्त्री उत्तर कोरियामा

प्योङयाङ, असार २२ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान उत्तर कोरिया पुग्नुभएको समाचार छ ।

उहाँ शुक्रबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।

यसअघि उत्तर कोरियाले प्रतिबद्धता ब्यक्त गरेजस्तै उसले आणविक उत्पादन नगर्ने र पूर्ण निशस्त्रीकरण गर्ने भन्ने विषयमा वार्ता गर्न उहाँ प्योङयाङ पुग्नुभएको हो ।

विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्नुहुने छ । उहाँ सोही विषयमा वार्ताका लागि त्यसतर्फ लाग्नुभएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  उत्तर कोरियाली इन्धन विवाद : दोस्रो पानीजहाज नियन्त्रणमा

विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली आफ्ना समकक्षी रि योङ हुसँग वार्ता गर्नुहुने छ । सो वार्ता शुक्रबार हुने जनाइएको छ । त्यसपछि उहाँले यहाँका नेता किम जोङ उनसँग वार्ता गर्नुहुने बताइएको छ ।

उत्तर कोरियाले यसअघि नै प्रतिबद्धता व्यक्त गरेको निशस्त्रीकरण विषयमा जारी अन्तिम चरणको वार्ताको लागि विदेशमन्त्री पोम्पेओ त्यसतर्फ लाग्नुभएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच जुन १२ मा सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता भएको थियो ।

राष्ट्रपति ट्रम्पले त्यस वार्तापछि उत्तर कोरियाली प्रायःद्वीपमा शान्तिको आशा गर्नुभएको छ । यस वार्ताका क्रममा उत्तर कोरियाले गरेको निशस्त्रीकरणको प्रतिबद्धता पूरागर्ने अपेक्षा गरिएको ट्रम्पको भनाई छ ।

याे पनि पढ्नुस  अमेरिका पछि हट्यो, उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सिङ्गापुरमा दुई नेताबीच भएको शिखर वार्तापछि सम्झौतापत्रमा उत्तर कोरियाली नेता किमले अबदेखि आणविक अस्त्र उत्पादन नगर्ने र निशस्त्रीकरणमा लाग्ने बताउनु भएको थियो ।

कोरियाली प्रायःद्वीपमा पूर्ण रुपमा निशस्त्रीकरणको लागि अमेरिकाले निगरानी गरिरहेको बताइएको छ । विदेशमन्त्री पोम्पेओको नेतृत्वमा शुक्रबार यहाँ आइपुगेका उच्च अधिकारीहरुले यसै विषयमा नेता किमसँग वार्ता गर्ने बताइएको छ ।

कतिपय अमेरिकी विज्ञहरुले भने राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच सिङ्गापुर सम्पन्न वार्ताको बाचा अनुरुप उत्तर कोरियाले काम नगर्ने तर्क गर्ने गर्छन् ।

याे पनि पढ्नुस  Trump accuses China of transferring oil to North Korea

उनीहरुको भनाई छ– कोरियाली प्रायद्वीप पूर्ण रुपमा निशस्त्रीकरण हुन सक्दैन, यो उद्देश्य पूराहुन अझै पनि कैयौँ वर्ष लाग्ने आधारहरु धेरै छन् ।

विदेशमन्त्री पोम्पेओ उत्तर कोरियाको भ्रमण सकेर जापान र दक्षिण कोरिया पनि जानुहुने कार्यक्रम रहेको छ । उहाँले जापान र दक्षिण कोरियाली विदेशमन्त्रीहरुसँग पनि यसै विषयमा भेटवार्ता गर्नुहुने बताइएको छ । सिन्ह्वा

कमेन्ट गर्नुहोस्