कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं, असार २२ । संसद बैठकमा कांग्रेसले दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखेको विरोधमा उसले बैठक अवरुद्ध गरेको छ ।

बैठकमा काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले चिकित्सा शिक्षा विधेयकका विरुद्ध डा. गोविन्द केसी अनसनमा रहेको र उनको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै सो प्रस्तावबारे आजैको बैठकमा छलफलमा राख्न माग गरेका थिए ।

तर आजको कार्यसूचीमा नराखिएपछि प्रमुख सचेतक खाँण आसनबाट उठेर विरोध गरेका थिए ।

प्रस्तावबारे आफुलाई जानकारी आएको र संसदीय नियामावलीको ७१ को ३ अनुसार सम्बन्धीत मन्त्रीसँग जवाफ मागिएकाले कार्यसूचीमा राख्ने भन्दै सांसदहरुलाई बस्न आग्रह गरेका थिए ।

तर पनि, काङ्ग्रेस सांसदले सभामुखको आग्रहलाई वेवास्ता गरेपछि सभामुख महराले आधा घण्टाका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्