अनाथ बालबालिकालाई सहयोगका लागि ‘म्युजिकल च्यारिटी इभेन्ट’

चितवन, असार २२। चितवनको नारायणगढमा भोलि ( शनिबार) ‘म्युजिकल च्यारिटी इभेन्ट’ हुने भएको छ ।

रोटर्‍याक्ट क्लब भरतपुर र रोटर्‍याक्ट क्लब अफ रत्ननगरको आयोजनामा नारायणगढको क्याम्पाचौरमा म्युजिकल च्यारिटी इभेन्ट हुन लागेको हो । साङगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ आयोजक ले जनाएको छ ।

कार्यक्रममा पपगायक नितेषजंग कुवँरको विशेष प्रस्तुती रहनेछ । सार्थै कार्यक्रममा ‘द अक्टेभ्स’, शिशिरजंग श्रेष्ठ, द शस्त्र नेपाल, प्रेक्षा एण्ड सुस्मा, डिजे सिल, डिजे कै–ट्र्यासिड लगायतको सांगीतिक प्रस्तुती रहने छ ।

अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको रोटर्‍याक्ट क्लब अफ भरतपुरका अध्यक्ष दीपक कँडेलले जानकारी दिए । कार्यक्रमका लागि पाँच सय र हजार रुपैयाँका टिकटको व्यवस्था गरिएको छ ।

कार्यक्रम शनिबार अपरान्ह ३ बजेदेखि शूरु हुनेछ ।

कमेन्ट गर्नुहोस्