मुस्ताङको स्याङ्बोचेमा टिपर दुर्घटना, १५ को मृत्यु, १२ जना गम्भीर घाइते

मुस्ताङ, असार २२ । मुस्ताङको स्याङ्बोचेमा शुक्रबार ट्रिपर दुर्घटना हुँदा १५ जना मजदूरको मृत्यु भएको छ । भने दुर्घटनामा परि १७ जना घाइते भएको र त्यसमध्य १२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जनाइएको छ । कालीगण्डकी करिडोर सडक निर्माण गर्ने मजदुर सवार ट्रिपर सडकबाट खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको प्रहरी हवल्लार कृष्णगोपाल परियारले जानकारी दिए।

क्याम्पमा खाना खाएर मजदूरलाई लिएर तामाखोला जाँदै गरेका मजदूर चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र रेग्मीसहितको टोली पनि घटनास्थल पुगेको बताइएको छ । गम्भीर घाइतेको उपचारका लागि काठमाडौं लैजान सेनाको हेलिकप्टर पर्खिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्