डा. केसीको पक्षमा देशभरको चिकित्सक आन्दोलनमा

काठमाडौं, असार २२ । जुम्लामा आमरण अनशन बसिरहको प्रा.डा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि देशभर चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

गएको असार १६ गतेदेखि डा केसी अनशनमा बसेका छन् तर उनको मागप्रति सरकार मौंन बसेपछि केसीको जीवन रक्षार्थ भन्दै शुक्रबारदेखि देशभरका स्वास्थ्य संस्थाा कार्यरत चिकित्सकले कालोपट्टि बाधेर आन्दोलनमा उत्रिएका हुन ।

नेपाल चिकित्सक संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी आइतबार यसबारेमा प्रधानमन्त्रीलार्इ ज्ञापनपत्र बुझाउने जानकारी दिएको छ ।

उसले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको ७२ घण्टाभित्र आफ्ना मागको सम्बोधन नभए आन्दोलनका थप कार्यक्रमको घोषणा गर्ने चेतावनी दिएको छ ।

डा केसीकाे याे १५ अाैं अामरण अनशन हाे ।

कमेन्ट गर्नुहोस्