डेढ किलो सुनसहित विमानस्थलबाट दुई भारतीय पक्राउ

काठमाडौं, असार २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

दुबई उडानबाट काठमाडौं आएका भारत केरलाका दुई नागरिकबाट एक किलो ६०० ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्