फ्रान्स इतिहास रच्दै सेमिफाइनलमा प्रवेश

असार २२ ।
फ्रान्स फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले दुईपटकको विजेता उरुग्वेलाई २–० ले पराजित गर्दै रसिया विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हाे । फ्रान्सको जितमा एन्टोनियो ग्रिजम्यान र राफेल भरानेले एक–एक गोल गरेका थिए ।

अब फ्रान्सले अाज राति ब्राजिल र बेल्जियमबीचको खेलमा विजेता टिमविरुद्ध फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ । २०१४ को विश्वकपमा क्वाटरफाइनलबाट बहिरिएको फ्रान्सले यसपटक उत्कृष्ट प्रदर्शन गरेकाे छ । फ्रान्सकाे याे  सफलतालार्इ युवाशक्तिकाे रूपमा हेरिएकाे छ ।

कमेन्ट गर्नुहोस्