डा.केसीको स्वास्थ्य झनझन बिग्रीदै, शरीरमा चिनीको मात्रा न्यून

जुम्ला, असार २३ । जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भएको छ । डा. केसीको शरीरमा चिनीको मात्रा घटेसँगै रोगसँग लड्ने क्षमता पनि क्रमश कम हुँदै गएको उपचारमा संग्लन चिकित्सक प्रवीण गिरीले जानकारी दिए ।

उनका अनुसार सातौँ दिनसम्म खाना र पानी नखाएकाले डा. केसी झनझन कमजोर बन्दै गएका छन् । केसीलाई स्लाइन र अक्सिजन मात्रै दिइएको चिकित्सक गिरीले बताए । सरकारले चिकित्सा शिक्षा अध्यादेश तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन लागेपछि केसी त्यसको विरोधमा अनशन बसेका हुन् ।

कमेन्ट गर्नुहोस्