प्रहरी र विप्लव कार्यक्रताबीच कुटाकुट, वातावरण शान्त पार्न अश्रु ग्यास प्रहार

मुगु, असार २३ । प्रहरी र नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताबीच झडप भएको छ। सदरमुकाम गमगढीमा प्रहरी र विप्लवका कार्यकर्ताबीच शुक्रबार झडप भएको हो। झडपमा प्रहरी सहायक निरीक्षक देवेन्द्रसिंह धामी घाइते भएका छन् । घाइते धामीको टाउँको चोट लागेको छ। चौकमा गरिएको कार्यक्रम रोक्न खोज्दा विप्लव कार्यकर्ताले प्रहरीमाथि ढुङ्गामुढा गरेको थियो।

सदरमुकामस्थित कृष्णचौकमा भ्रष्ट्राचार र मदिराविरुद्ध जनसंस्कृतिक कार्यक्रम गरिरहेका विप्लव कार्यकर्ता र प्रहरीबीच शुक्रबार झडप भएको थियो। प्रहरी र विप्लव कार्यकर्ताबीच झडप भएपछि प्रहरीले एक राउण्ड अश्रु ग्याससमेत प्रहार गरेको थियो।

प्रशासनलाई जानकारी नै नदिएर कार्यक्रम गरेका विप्लव कार्यकर्तालाई सम्झाइ-बुझाइ गर्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी भिमकिरण बोगटीले बताए। उनका अनुसार विप्लवका पूर्व जिल्ला इन्चार्ज जंगविर परियारसहित पाँच जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यता, विप्लव कार्यकर्ताले केन्द्रिय कार्यक्रम अनुसार आयोजना गरिएको ‘एकीकृत जनजागरण अभियान’ मा प्रहरीले हस्तच्छेप गरेको आरोप लगाएका छन्। प्रहरीले पक्राउ गरेका नेता तथा कार्यकर्तालाई विनासर्त रिहा गर्नसमेत माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्