तालमा डुबेर दुई बालकको मृत्यु

हेटौँडा, असार २३ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा डुबेर दुई बालकको मृत्यु भएको छ । शुक्रबार साँझ पौडी खेल्ने क्रममा ती दुई बालकको डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा इन्द्रसरोवर-१ बस्ने पुष्करबहादुर थिङका१२ वर्षीय छोरा समीर र थाहा नगरपालिका-९ बस्ने विश्वरुप आलेका आठ वर्षीय छोरा चन्द्रबहादुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । -रासस

कमेन्ट गर्नुहोस्