मेस्सीको शैली चोर्न खोज्दा भारतीय फुटबलरको मृत्यु !

भारत, असार २३ । र्जेन्टिनी फुटबलर लियोनेल मेसीको शैली नक्कल गर्दा भारतका एक फुटबलरको मृत्यु भएको छ । मृत्यु हुनेमा फुटबल खेलाडी सागर दास रहेका छन् । जुनबेला घटना भयो त्यतिबेला २० वर्षीय सागर स्थानीय फुटबल खेलिरहेका थिए। सागर मेसीका खूब फ्यान थिए । उनी मेसीलाई आदर्श मान्थे । उनी मेसी जस्तै बन्ने चाहना थियो तर अफशोच उनको सपना पुरा हुन सकेन।

भारतीय संचार माध्यमले जनाएअनुसार मेसीले नाइजेरियाविरुद्ध गोल गरेको शैली सागरले अपनाएका थिए । मेसीले जसरी बल छातीमा लिएर विश्वकपमा पहिलो गोल गरेका थिए ।त्यही अनुसार उनले पनि त्यही भुभलाई कोसिस गर्दा सन्तुलित भएन र फुटबल उनको छातीमा लाग्यो। उनी त्यही बेहोस भयो। अस्पतालमा छिटै लगे पनि उनको श्वास समाप्त भइसकेको थियो। -एजेन्सी

कमेन्ट गर्नुहोस्