पूर्व राजा ज्ञानेन्द्रको जन्मदिन, विभिन्न कार्यक्रम गरी मनाइदै

बाँके, असार २३ । आज पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मदिन परेको छ । आज उनले ७२ औं जन्मोत्सव नेपालगञ्जमा विभिन्न कार्यक्रम गरी मनाउँदैं छन् । जन्मदिनका अवसरमा पूर्व राजाले शनिबार बिहान नेपालगञ्जको बागेश्वरी मन्दिरमा दर्शन गरे । होटल सोल्टीमा बिहान ११ बजेपछि समर्थकहरुलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

पूर्व राजा पत्नी कोमल, छोरा पारस, बुुहारी हिमानी, छोरी प्रेक्षा, नाति नातिनासहित दुई दिनअघि नेपालगञ्ज आएका थिए। पूर्व राजाकेो जन्मोत्सवका अवसरमा राजावादीले नागरिक समारोेह समिति समेत बनाएका छन् ।

कमेन्ट गर्नुहोस्