डा. केसीको समर्थनमा ‘निषेधित क्षेत’ माइतीघरमा प्रदर्शन

काठमाडौं, असार २३ । सरकारले निषेधित क्षेत्र घोषणा गरेको राजधानीको माइतीघर मण्डलामा डा गोविन्द केसीका समर्थकले प्रदर्शन गरेका छन् ।

केही समय अघि सरकारले विभिन्न ठाउँमा विरोध, सभा, जुलुस गर्नमाथि लगाएको निषेधाज्ञा विरुद्ध र समग्र चिकित्सा स्वास्थ्य र शिक्षामा सुधारको माग गर्दै गएको १६ गतेदेखि जुम्लामा आमरण अनशनमा बसेका डा केसीका समर्थनमा शनिबार अपरान्ह उनीहरुले प्रदर्शन गरेका हुन ।

प्रदर्शनमा सरकार विरोधी नाराहरु लगाइएको छ । ओली सरकार खबरदार मौलिक हकमा किन प्रहार, नागरिक स्वतन्त्रता खोस्न पाइँदैन, निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं लगायतका नाराहरु लगाइएको छ ।

निषेधज्ञा जारी गर्ने सरकारी निर्णय कार्यान्वयन गर्न शुक्रबार मात्रै सर्वोच्च अदालले सरकारका नाममा आदेश दिएको छ ।

कमेन्ट गर्नुहोस्