पूर्ण संयोग र झुमा डाँगीको रोमान्टिक गीत ‘साडी चोली’ (भिडियोसहित)

काठमाडौं, असार २३ । गायक पूर्ण संयोग र गायिका झुमा डाँगीको स्वारमा रहेको रोमान्टिक लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा विनोदकुमार केसी र बैरागी धनसिंह वलीको संयुक्त लोकदोहोरी एल्बम ‘साडी चोली ’ बजारमा आएको हो । गीतमा समाजिक परिवेशप्रति ठट्यौली पाराले ब्यङ्ग गरिएको छ ।

ठट्यौली भाकामा ‘साडी चोली’ तयार पारिएको हुनाले दर्शक तथा स्रोताले निकै मन पराउने गायक पूर्णले बताए । विनोदकुमार केसीको गीतमा शब्द तथा बैरागी धन सिंह वलीको लय सिर्जना गीतमा रहेको छ ।

सुरज खनालले छायाँकन गरेको भिडियोलाई चेतन सागरले सम्पादन गरेका हुन । गीतको भिडियोमा प्रमिसा, मनिसा, एन आर, सञ्जोकले अभिनय गरेका छन । भिडियोलाई नविन बैरागी श्रेष्ठले निर्देशन गरेका हुन ।

हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्