प्रकाशको मेरी प्रिया सार्वजनिक (भिडियोसहित)

काठमाडाैं । भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका एक युवाले सांघितिक यात्रा शुरु गरेका छन् । दुबईवाट फर्किएका सिन्धुलीका प्रकाश तामाङले शनिबार राजधानीमा ‘मेरी प्रिया’ सार्वजनिक गरेका हुन ।

गीत एक कार्यक्रमका बीच संगीतकार विवि अनुरागीले सार्वजनिक गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अनुरागीले संगीत क्षेत्र पवित्र रहेकाले साधना गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘एउटै गीतवाट गायकहरु हिट पनि भएका छन फलप पनि भएका छन तर निरन्तर साधना गरिरहे अवश्य सफल भइने छ ।’

कार्यक्रममा गैरआवासिय नेपाली संघ मलेसियाका पूर्व महासचिव सुनिल चालिसे, गायक प्रेम नेपाली, गायक जीवन परियार, शब्द संकलनक देव वटाला, पत्रकार रामचन्द्र नेपाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा निर्देशक प्रकाश क्षेत्री, छायांकार विरेन्द्र भटट, सम्पादक अनिल राना, जायज तामाङ लगायतलाई सम्मान गरिएको थियो ।

सर्वसम्मान म्युजिक प्रालीको प्रस्तुतीमा मंगलम रेकडिङ स्टुडियोले गीत तयार पारेको हो ।

गायक तामाङले यसअघि पनि विभिन्न गीतमा स्वर दिइसकेका छन् । साथै आफ्ना गीतमा अभिनयसमेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्