अवैध रूपमा मलेसिया रहेका नेपालीलार्इ स्वदेश फर्काउन दूतावासकाे कन्सुलर सेवा

मलेसिया, असार २३ । गैरकानुनी रूपमा मलेशियामा काम गर्दै आएका आफ्ना नागरिकलाई सकुशल घर फर्काउन नेपाली दूतावास मलेशियाले कन्सुलर सेवा दिने भएको छ।

मलेशियन सरकारले आफ्नो देशमा अबैधानिक रूपमा काम गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्कने अन्तिम समय सिमा ३० अगस्ट २०१८ सम्म तोके पछी दूतावासले भौगोलिक रूपमा टाढा र सुरक्षाको हिसाबले समेत संबेदनसिल रहेका क्षेत्रमा आफ्नै उपस्थितिमा कन्सुलर सेवा प्रदान गर्न लागेको जानकारी दिएको छ ।

शनिवार एक सुचना जारी गर्दै दूतावासले नेपालीहरुको बाहुल्यता रहेको मलेशियाको जोहोर र पेनाङ्ग राज्यमा आउँदो जुलाई १४ तारीख सनिवार दुबै राज्यमा अबैधानिक रूपमा काम गर्दै आएका नेपाली लाई स्वदेश फर्काउन आबस्यक कागजात (एकतर्फी यात्रा अनुमति पत्र )समेत बितरण गरिने सूचनामा उल्लेख छ।

बिहान १० बजे देखि जोहोरको Baguss City Hotel Johar Bahru 49, Jalan wong Ah Fook र पेनाङ्गस्थित Dewan Hall Bukit Mertajam Pinang मा प्रदान गरिने कन्सुलर सेवामा सहभागी हुने अबैधानिक नेपाली कामदारले नेपाली नागरिकताको प्रतिलिपी, राहदानीको प्रतिलिपी, २ प्रती पासपोर्ट साइजको फोटो र दस्तुर १६० रिंगट बुझाइ स्वदेश फर्कन आबस्वक कागजात बनाउन सक्ने दूतावासले जनाएको छ ।

मलेशियामा नयाँ सरकार बने संगै गैर कानुनी रूपमा बसेका आप्रवासी कामदार माथी कडाइ गरि केहि समय अघि बाट धरपकड समेत सुरु गरेपछी तोकिएको समय सिमा भित्रै आफ्नो देशका नागरिकलाई सकुशल स्वदेश फर्काउन दूतावासले यस्तो सेवा सुरु गरेको स्रोतले बताएको छ ।

कमेन्ट गर्नुहोस्