पूर्वराजाले मनाए ७२औं जन्मदिन

नेपालगन्ज, असार २४ । आफ्ना परिवार र शुभेच्छुकहरुको उपस्थितिमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ७२ औं जन्मदिन आज यहाँस्थित सोल्टी होटलमा मनाउनु भएको छ । होटल सोल्टीमा बिहानैदेखि उपस्थित परिवारका सदस्य, शुभेच्छुकहरुले पूर्व राजालाई ७२ औं जन्मदिनको शुभकामना र बधाई दिएका थिए ।

आफ्नो जन्मदिन मनाउन पत्नी कोमल, छोरा पारस, छोरी प्रेक्षा, बुहारी हिमानी, नातीनातिना सहित पूर्व राजा ज्ञानेन्द्र शाह बिहिवार नेपालगन्ज आउनु भएको थियो । आफ्नो जन्मदिनको अवसरमा पूर्व राजा शाह हिजो बिहान यहाँको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर जानु भई पूजाअर्चना पनि गर्नु भएको थियो । -रासस

कमेन्ट गर्नुहोस्