बारीको परालमा उम्रेको च्याउ खाँदा चार जना सिकिस्त

तनहुँ, असार २४ । जिल्लाको देवघाट गाउँपालिका-२ मास्दीमा शनिबार बारीको परालमा उम्रेको च्याउ ल्याएर खाँदा एकै परिवारका चारजना सिकिस्त भएका छन् । सिकिस्त विरामी हुनेमा सोही ठाउँका ४५ वर्षीय नोपबहादुर ठकुरी, उनकी ४२ वर्षीया श्रीमती हितमाया, २२ वर्षीय छोरा सन्दिप र नौ वर्षीय छोरा रितभर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर नजिकैको बारीमा परालमा उम्रेका ठूल्ठूला च्याउ ल्याएर तरकारी खाँदा उनीहरु सिकिस्त भएका हुन् । ती सबैको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्