विश्वकप फुटबलः पराजित भएपनि प्रशिक्षकद्वारा खेलाडीको प्रशंसा !

रुस । जारी विश्वकप फुटबलमा गयराती भएको क्वाटरफाइनको अन्तिम खेलमा क्रोयशियासँग आयोजक रुस पराजित भयो । रुस पराजित भएपनि टिमका प्रशिक्षक स्टानिस्लाम चेरचेस्वभकले भने आफ्ना खेलाडीको प्रशंसा गरेका छन् । आफ्नो टिमले राम्रो फुटबल खेलेकाले प्रशिक्षक चेरचेस्वभकले खेलाडीको पंशसा गरेका हुन् ।

विश्वकप अघिसम्म गम्भीर आलोचना खेपेका प्रशिक्षक चेरचेस्वभ विश्वकपका खेलमा टिमले जित निकाल्दै अघि बढेपछि राष्ट्रिय हिरोका रुपमा उदायका थिए । क्रोएसियासँगको हारले घरेलु टोलीलाई मुटु नै कुँड्याउने अनुभूत दिएको छ । तर प्रशिक्षक चेरचेस्वभले खेलाडीलाई ट्रिब्युट दिन भने छोडेनन् ।

उनले भनेका छन्, ‘हामी पराजित भयौँ, यो लाजको कुरा हो, मलाई लाग्छ हामी यो भन्दा राम्रो नतिजाका लागि योग्य थियौँ । हामीले राम्रा खेलाडीको साथमा राम्रो खेल्यौँ र राम्रो योजनाका साथ । तर गोल खायौँ, गोल खानु हुँदैनथ्यो, के गर्नु फुटबलमा यस्तै हो ।’ रुस सोभियत युनियन भंग भएपछि पहिलो पटक विश्वकप फुटबलको क्वाटरफाइनलसम्म पुग्न सफल भएको थियो ।

रुसले अन्तिम १६ मा स्पेनलाई टाइब्रेकरमा हराएर क्वाटरफाइनलको यात्रा तय गरेको थियो । त्यसपछि विश्वकपमा रुसको आश बढेको थियो र रुसी फ्यानले पनि उपाधिको सपना देख्न थालेका थिए । राष्ट्रिय टोलीका पूर्व गोलरक्षक पनि रहेका ५४ वर्षका चेरचेस्वभले खेलाडीलाई मात्रै नभएर समर्थन र साथका लागि सबै फ्यानलाई पनि धन्यबाद दिएका छन् । रुसले आफ्ना पाँचवटा खेल विभिन्न चार रंगशालामा खेलेको थियो । -एजेन्सी

कमेन्ट गर्नुहोस्