सुसुराली हिडेका शाहमाथि गोली प्रहार

रौतहट, असार २४ ।  रौतहटमा सुसुराली जान लागेका एक व्यक्तिमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । सुवर्णपुर नगरपालिकाका किशोरी साहमाथि देवाही गोनाही नगरपालिका-४ स्थित बकैया खोला किनारमा गएराति गोली प्रहार भएको हो । गोली लागेर घाइते साहको गौर अस्पतालमा उपचार भइरहेको छ ।

याे पनि पढ्नुस  अपहरण नाटक गरेर फरार व्यापारी जोगीको भेषमा पक्राउ

उनले चढेको ना.३५ प २१७२ नम्बरको मोटरसाइकल पनि सो समूहले लुटेर लगेको थियो । प्रहरीले मोटरसाइकल फेला पारे पनि गोली हान्ने समूहलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्