पुनर्निर्माण प्राधिकरण प्रमुख जिम्मेवारी मुक्त

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आफू जिम्मेवारीबाट मुक्त भएको बताएका छन् ।

गएको विहीबार सरकारले अघिल्लो सरकारले गरेका राजनीतिक निर्णय बदर गर्ने निर्णय गरेको थियो । निर्वाचन आचारसंहिता लागु भएपछि भएका नियुक्तिहरू खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय आफ्नो हकमा पनि लागु हुने सरकारको आशय पाएपछि आफूले यस्तो निर्णय गरेको उनको भनाइ छ ।

याे पनि पढ्नुस  मच्छिन्द्रनाथको पुनर्निर्माण छिट्टै अघि बढाइने

उनी गएको कार्तिक ६ गते नियुक्त भएका थिए । तीनमा प्राधिकरणको नेतृत्व चार पटक फेरिएको छ। प्राडा गोविन्द पोखरेल सांसदको उम्मेदवार गर्न गएपछि रिक्त पदमा भुसाल सीइयो नियुक्त भएका थिए ।

भुसालले पुनर्निर्माण परामर्श परिषद्को बैठक र प्रधानमन्त्रीको नेतृत्वमा बस्ने निर्देशक समितिको बैठकबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार जाँदा आफ्नो पद नरहनेबारे जानकारी पाएको बताए।

याे पनि पढ्नुस  घुस रकमसहित प्राधिकरणका कर्मचारी रंगेहात प्रक्राउ

यसै हप्ता बस्ने तय भएको ती दुवै समितिको बैठक स्थगित भएको बताइएको छ । उता सरकारले रिक्त सीइअो पदमा छिट्टै नयाँ नियुक्ती गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्