१९ जनाद्वारा ७ महिनासम्म एक छात्रा बलात्कृत, प्राचार्य र शिक्षक पक्राउ

सारण, असार २४ । भारत विहारको सारण जिल्लास्थित एक निजी विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रालाई सात महिनासम्म १९ जनाले सामूहित बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

सो घटनामा अनुसन्धान गरिरहेको प्रहरीलाई ठूलो सफलता मिलेको बताइएको छ । घटना सार्वजनिक भए लगत्तै अनुसन्धानमा जुटेको प्रहरीले अहिलेसम्म १९ जना विरुद्ध उजुरी दर्ता गरेको छ । भने आरोपी मध्यका ६ जनालाई पक्राउ गरिसकेको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा विद्यालयका प्राचार्य, एक शिक्षक र विद्यार्थीलाई यसअघि नै पक्राउ गरिसकेको छ ।

यो घटना सारण जिल्लाको परसागढस्थित एक निजी विद्यालयको हो । शुक्रवार विद्यालयको १० कक्षामा अध्ययनरत छात्राका परिवारले स्थानीय प्रशासनमा सामूहिक बलात्कारको अभियोगमा १९ जनाविरुद्ध उजुरी दर्ता गराएपछि घटना सार्वजनिक भएको हो ।

८० भन्दा बढी पुरुषसँग सेक्स !

यौन सम्पर्क गर्दा लिङ्ग नै योनिभित्र अड्किएपछि…

घटना सार्वजनिक भए लगत्तै प्रहरीले कारबाही शुरु गर्यो र विद्यालयका प्राचार्य, एक शिक्षक र विद्यार्थीलाई गिरफ्तार गर्यो ।

घटनाबारे जानकारी दिदै डीएसपी अजयकुमार सिंहले भने, ‘सात महिनादेखि सामूहिक बलात्कार गरिरहेका रहेछन् । यो लाजमर्दो घटनामा विद्यालयका प्रिन्सिपल, शिक्षक र विद्यार्थी संलग्न छन् । नियमित रुपमा आफूमाथि सामूहिक बलात्कार भएर आजित भएपछि पीडितले परिवारलाई जानकारी गराएकी थिइन ।

त्यसपछि प्रहरी चौकीमा १९ जना विरुद्ध उजुरी दर्ता गराइएको थियो । घटनामा संलग्न भएको आरोपमा अहिलसम्म ६ जनालाई गिरफ्तार गरिसकिएको छ । प्रहरीले अन्य आरोपीको खोजी कार्य तीब्र पारेको जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार गएको वर्ष पनि सोही विद्यालयको शौचालयमा तीन छात्रामाथि सामूहिक बलात्कार भएको थियो । पीडिकहरुले सो सामूहिक बलात्कारको भिडियो बनाएको र भिडियो सार्वजनिक गर्ने धम्की दिदै पीडितमाथि बारम्बार बलात्कार गरेको खुलासा भएको छ ।

पीडित छात्राले घटनाबारे विद्यालय प्रशासनलाई जानकारी गराएपनि त्यहाँ उनीमाथि न्याय हुनुको सट्टा झनै अन्याय भयो । त्यसपछि झन विद्यालयका शिक्षक र प्राचार्यले पनि उनीमाथि बलात्कार शुरु गरेको बताइएको छ ।

बारम्बारको सामूहित बलात्कारबाट आजित भएपछि पीडित छात्राले परिवारलाई यसबारेमा जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । त्यसपछि अभियुक्तविरुद्ध उजुरी (एफआइआर) दर्ता गराइएको छ । पत्रिकाडटकमबाट

कमेन्ट गर्नुहोस्